पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा १२ टिमको सहभागिता
पाेखरा | फागुन २, २०८०
पोखरा: पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो ।
फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । पोखराका १२ विद्यालय सहभागी हुने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले जानकारी दिए । बुधबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यालयस्तरमा क्रिकेटका गतिविधि शून्य भएकाले प्रतियोगिता आयोजना गरेको ढुंगानाको भनाइ थियो ।
‘अहिले नेपालको राष्ट्रिय टिमले विभिन्न प्रतियोगिताहरु लगातार खेलिरहेको भएपनि विद्यालयस्तरमा क्रिकेट गतिविधिहरु शुन्यप्राय छन् । कुनै पनि खेलको विकासका लागि पहिले त्यसको ग्राउण्ड लेभलबाट नै सुरु हुन जरुरी छ’, ढुंगानाले भने, ‘त्यसैले प्रथम पोखरा कप विद्यायलस्तरीय क्रिकेट प्रतियोगिताको रुपमा हामीले यो अवधारणा प्रस्तुत गरेका हौं ।’
यो प्रतियोगिता टि–२० ढाँचामा खेलाइनेछ । १२ कक्षासम्मका विद्यार्थीले खेल्न पाउनेछन् ।
१२ विद्यालयलाई ४ समुहमा विभाजन गरेर लिग चरणका खेल खेलाइनेछ । समूह विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।
प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त संयोजक ढुंगानाले जानकारी दिए ।
उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल प्रदान गरिनेछ । उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछ ।
प्रतियोगिताको पहिलो संस्करणलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख ७५ हजार रुपैयाँ लाग्ने अनुमान छ ।
बि–बग इभेन्टका अध्यक्ष विशाल सुवेदीले पोखरामा विद्यालय तहबाटै क्रिकेटको विकास गर्ने प्रयासमा लागेको बताए । ‘धेरै समय अगाडिबाट विद्यालयस्तरमा क्रिकेटको टुर्नामेन्ट नभएको अवस्थामा क्रिकेट कल्चर विकास गर्ने सपना लिएका छौं’, उनले भने । पोखरेलीको सहयोग लिएर क्रिकेट खेलाडी उत्पादनमा लाग्ने योजना बनाएको सुवेदीले सुनाए ।
प्रतिभा माविका प्रचार्य किरण आचार्यले पोखरामा विद्यार्थी लक्षित क्रिकेट प्रतियोगिताको आवश्यकता पूर्ती भएको बताए । विद्यार्थीमाझ क्रिकेट खेल लोकप्रिय भएपनि प्रतियोगिता आयोजना हुन नसकेको उनको भनाइ छ । ‘चाहेर पनि विद्यालयहरुले विद्यालयस्तरमा क्रिकेट खेलको प्रतियोगिता भइरहेको छैन’, उनले भने ।
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिस पोखराका अपरेशन म्यानेजर रमेश बाँस्तोलाले क्रिकेटको विकासमा सदैव साथ दिने प्रतिबद्धता जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

